स्टकहोम – सन् २०१३ को भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार बेलायतका ८४ वर्षे भौतिकशास्त्री पिटर हिग्स र बेल्जियमका ८० वर्षे भौतिकशास्त्री फ्राँस्वा इंग्लर्टलाई दिइने भएको छ। नोबेल पुरस्कार समितिले स्विडेनको राजधानी स्टकहोममा हिग्स र इंग्लर्टलाई पुरस्कार दिने घोषणा गरेको हो। उनीहरूलाई हिग्स बोसोन पार्टिकल (कण) को अस्तित्वबारे गरेको पूर्वानुमानका लागि नोबेल पुरस्कार दिइएको हो।'गड पार्टिकल'समेत भनिने हिग्स बोसोन कणले पदार्थलाई वजनयुक्त बनाउने गर्छ। वैज्ञानिकले हिग्स बोसोन कणका कारण नै पदार्थका अणुले वजनदार बनाउने भएकाले ग्रह, तारा र ब्रह्माण्ड निर्माण हुने बताउँछन्।
दुवैले १२ लाख ५० लाख अमेरिकी डलरको पुरस्कार रकम आपसमा बाँड्नेछन्।
प्रकाशित: २२ आश्विन २०७० २१:४८ मंगलबार