काठमाडौं - अष्ट्रेलियामा व्यवसाय गर्दै आएका नेपाली व्यवसायी विकास केसीले स्टिमर सयरको व्यवसाय सुरु गरेका छन्। व्यस्त दिनचर्याका बीच रमाइलो गर्ने अवसरका रुपमा उनले अष्ट्रेलियामा सस्तो र सहज रुपमा स्टिमर सयरको व्यवसाय थालनी गरेका हुन्। सिडनीको चर्चित क्रोनोलाको टंकिन स्ट्रिटमा अवस्थित बेबाट प्रारम्भ हुने समुद्री सयर करिब चार घन्टाको हुने छ।नेपाली उद्यमीले पहिलो पटक सिडनीको सामुद्रिक पर्यटन क्षेत्रमा लगानी गरेको हो। नेपाली समुदायलाई लक्षित गरेर प्रारम्भ गरेको यस व्यवसायले सस्तो र सुलभ रुपमा उत्कृट मनोरन्जन प्रदान गर्ने उद्यमी केसीले दाबी गरेका छन्। ८० डलरमा चार घन्टा सामुद्रिक यात्रा र खाना तथा पेय पर्दाथको समेत उपलब्ध गराइने छ।
प्रकाशित: २० भाद्र २०७० ०७:२३ बिहीबार