कम्पनिका मुख्य कार्यकारी अधिकृत तथा सह–संस्थापक बास लेंसड्रापले मंगलमा जान चाहनेको संख्या अत्याधिक भएको बताएका छन्। मंगल ग्रहमा जान कम्तिमा १८ वर्ष उमेर हद तोकिएको छ। आवेदन शुल्क भने राष्ट्रियताको आधारमा कम्पनीले लिने गरेको छ। अमेरिकी नागरिकको लागि आवेदन शुल्क ३८ डलर रहेको छ। आवेदकको देशको प्रतिब्यक्ति आयको आधारमा शुल्क तय गरिएको कम्पनीले जनाएको छ। आवेदक मध्ये फरक फरक महादेशका ४० सदस्यीय अन्तरीक्ष यात्री चुनिने मार्स वानले जनाएको छ। उनीहरुले २०२३ मा मंगलमा पाइला राख्छन्।
मंगल ग्रहमा जाने अन्तरिक्ष यात्रीले ८ वर्ष प्रशिक्षण लिनुपर्ने छ। यो समयमा उनीहरुले घरको मरम्मत गर्न, सीमित ठाउँमा तरकारी उमार्न, दाँत, मांसपेशी दुख्ने र हाड भाचिएको उपचार गर्न सिक्नेछन्।
केही विशेषज्ञहरुले मंगल ग्रहको लागि मानव मिशन निकै खतरायुक्त रहेको बताउँदै भनेका छन्– किन भने यति लामो यात्रा मानिसले अहिलेसम्म गरेका छैनन्।
प्रकाशित: ३१ श्रावण २०७० ०४:०८ बिहीबार