अमेरिकी सुरक्षा निकायले यमनसहित मध्यपूर्वका र उत्तर अमेरिकाका दूतावासमा आक्रमण हुनसक्ने देखिएकाले यस्तो निर्णय गरेको हो। 'अहिलेसम्मको असुरक्षित अवस्था भन्दा धेरै गुणा खराव अवस्था सिर्जना भएको छ,' यमनमा रहेका एक सुरक्षा अधिकृतले भने, 'आक्रमण हुनसक्ने दिनहरु नजिकिएका छन्।' अमेरिकामात्र होइन धेरैजसो पश्चिमा मुलुकका कुटनीतिक नियोगहरु पनि असुरक्षित रहेको अमेरिकी धारणा छ। अमेरिकासँग नजिक भएकै कारणले मात्रै पनि पश्चिमी मुलुकहरुमाथि आक्रमण हुनसक्ने भन्ने तर्क गलत भन्दै अमेरिकाले कुनै पनि स्थानमा अल कायदाले आक्रमण गर्न सक्ने रिपोर्ट अघि सारेको छ।
मुस्लिमहरुको पवित्र पर्व रमदान सकिनै लागेको समयमा आक्रमणको त्रास बढेको हो। आइतबार रमदानमध्येकै महत्त्वपूर्ण दिन हो।
अमेरिकाले नेपाली समयअनुसार शनिबार बिहान जारी गरेको मुलुकहरुको सूची अनुसार १७ प्रभावित दूतावासहरुमा अफगानिस्तान, अल्जेरिया, बहराइन, वंगलादेश, इजिप्ट, इराक, जोर्डन, कुवेत, लिविया, ओमन, कतार, साउदी अरबिया, युएइ, सुडान, यमन, मैरितानिया र डिजिवौटी रहेका छन।
प्रकाशित: १८ श्रावण २०७० २२:११ शुक्रबार