प्रवास

खतरा बढेपछि मध्यपूर्वका अमेरिकी दुतावास आइतबार बन्द हुने

न्यूयोर्क– अमेरिकाले आफ्ना केही दुतावास तथा वाणिज्य दुतावास आइतबार बन्द गर्ने भएको छ। यसमा धेरैजसो मध्यपूर्वमा रहेका दुतावासहरु छन्। अमेरिकी अधिकारीहरुका अनुसार सम्भावित खतराको महसुस गर्दै यसो गरिएको हो।


आइतबार पनि खुल्ने दुतावास र वाणिज्य दुतावासहरुको हकमा लागू हुने अमेरिकी अधिकारीहरुले बताएका छन्। मुस्लिम देश लगायत केही देशमा आइतबार कार्यलयहरु खुल्ने गर्छन्। गत वर्ष ११ सेप्टेम्बरमा लीबियाको बेनगाजीमा अमेरिकी वाणिज्य दूतावासमाथि हमला भएको थियो। जसमा चार अमेरिकी नागरिकको मृत्यु भएको थियो।

'हामीले हाम्रा सबै दुतावासहरु र वाणिज्य दुतावासको आइतबार कामकाज बन्द गर्नको लागि निर्देशन दिएका छौ' अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता मेरी हर्फले भनिन्।

अधिकारीले भनेका छन् विदेश मन्त्रालयको सम्भावित खतराको सूचाना थाहा पाएर नै यो कदम उठाएको हो। बहराइन, इजराइल, जोर्डन, कुबेत, लीबीया, ओमन, कतार, साउदी अरब, यमन, अफगानिस्तान र बांगलादेशका दुतावास र वाणिज्य दुतावास आइतबार बन्द गर्न लागिएको हो।

प्रकाशित: १८ श्रावण २०७० ०५:२९ शुक्रबार