हालैका दिनमा कतिपय सकारी अधिकारीले आफ्नै स्वकीय सचिव महिलासँगै विवाह गर्ने गरेका कयौँ समाचार आइरहेकाले कर्मचारीलाई यस्तो उर्दी जारी गरिएको पनि उनले बताए।
'मलाई कयौं सरकारी अधिकारीले बहुविवाह गरेको समाचार प्राप्त भएको छ। उनीहरुले घरमा श्रीमती हुँदाहुँदै पनि वैवाहिक मामिलामा फसेका कयौं समाचार पनि मैले थाहा पाएको छु, त्यसैले यो नयाँ निर्देशन जारी गरिएको हो,' उनले भनेका छन्। महिला स्वकीय सचिव राख्ने ती अधिकारीहरुले आफ्ना श्रीमतीलाई भन्दा उनीहरुलाई राम्रो व्यवहार गर्ने, विभिन्न कामले विदेश भ्रमणमा गएर आउँदा पनि निकै मूल्यवान पफ्र्युमलगायत राम्रा सामान ल्याइदिने गरेका समाचार पनि आफूले थाहा पाएको उनले जनाएका छन्।
आफ्ना स्वकीय सचिवलाई यस्तो व्यवहार गरिरहँदा विचरा आफ्ना श्रीमतीले भने केही पनि पाएका हुँदैनन् । यिनै कारण आफूले यस्तो निर्देशन दिएको र सबै आफ्नो प्रान्तअन्तर्गतका सबै सरकारी अधिकारीले यो निर्देशनको पालना पनि गर्ने उनले बताए। 'हुन त यस निर्देशनको पालना नगरेमा कुनै कानुनी कारबाही हुने होइन तर पनि यो एउटा नैतिक नाकाबन्दी हो र यसले हामी सरकारी अधिकारीहरुको मर्यादा बढाउने काममा पनि पक्का सघाउने नै छ,' गभर्नरले भनेका छन्।
प्रकाशित: ३० असार २०७० ०४:५६ आइतबार