प्रवास

दलाइ लामा ताइवान जाने

ताइपेइ, भदौ ११, (एजेन्सी)- ताइवानले तिब्बती धार्मिक नेता दलाइ लामालाई अर्को हप्ता भ्रमणमा आउन अनुमति दिएको छ । विपक्षीहरुको आग्रहलाई स्वीकार गर्दै ताइवानी राष्ट्रपति मा यिङ जेउले दलाइ लामालाई ताइवान भ्रमणको अनुमति दिएका हुन् ।
दलाइ लामा अर्को साता हालै आएको मोराकोट समुद्री आँधीका पीडितहरुलाई भेट्न ताइवान आउने भएका छन् । दलाइ लामालाई भ्रमण अनुमति दिएर ताइवानले चीनलाई 'रिस उठाएको' विश्लेषकहरुले बताएका छन् ।

ताइवानप्रति साधै रुखो हुादै आएको चीनले दलाइ लामालाई एक खतरनाक पृथकतावादी मान्ने गरेको छ । बेइजिङले ताइवानलाई पनि आफ्नै भूभाग मान्दै आएको बेला दलाइ लामाको उक्त भ्रमण विवादास्पद हुने अनुमान गरिएको छ ।

ताइवानमा अघिल्लो सत्ताका बेला दलाइ लामाले उक्त मुलुक कैयौं पटक भ्रमण गरेका थिए । पछिल्लो पटक सन् २००१ मा दलाइ लामा ताइवान पुगेका थिए । तर सन् २००८ मा ताइवानको सत्तामा आएका राष्ट्रपति मा अघिल्ला राष्ट्रपति चेन सुइ बियान भन्दा चीनप्रति बढि लचिलो छन् ।

गत वर्ष मात्र ताइवानी राष्ट्रपति मा ले बेइजिङसाग सम्बन्ध सुधारको प्रयास भइरहेको भन्दै दलाइ लामाको एक प्रस्तावित भ्रमण अस्वीकार गरिदिएका थिए । तर हालै आएको विनाशकारी समुद्री आाधीका पीडितलाई भेट्ने भनी दलाइ लामा ताइवान आउन खोजेपछि राष्ट्रपति अˆठ्यारोमा परेर अनुमति दिएको विश्लेषकहरु बताउाछन् । ताइवानमा आधा शताब्दी यताकै सबैभन्दा विनाशकारी आाधीमा परी कम्तिमा ५ सय जना मानिसले ज्यान गुमाएका थिए । राहत कार्य सुस्त भएको भन्दै राष्ट्रपति मा ले ब्यापक आलोचना खेपेका थिए । आाधी नियन्त्रण गर्न नसकेको भन्दै उनको लोकपि्रयता केवल २० प्रतिशतमा झरेको सर्वेक्षणहरुले देखाएका थिए । राष्ट्रपति मा ले आˆनो र पार्टीको छविमा थप चोट पुर्याउन नदिन दलाइ लामालाई भ्रमण अनुमति दिएको अनुमान गरिएको छ । राष्ट्रपति माले सुरक्षा अधिकारीहरुसाग ५ घन्टा लामो बैठक गरेपछि दलाइ लामालाई अनुमति दिएका हुन् ।

अगस्ट ३१ तारिखमा दलाइ लामा ताइवान पुग्ने छन् । उनले त्यहाा ४ दिने बिताउने छन् । उनको भ्रमण केवल आाधीपीडितहरुलाई सान्त्वना दिन केन्दि्रत हुने अधिकारीहरुले बताएका छन् ।

ठूलो संख्यामा तिब्बती शरणार्थीहरुले ताइवानमा आश्रय लिइरहेका छन् । ताइवानमा दशौं लाख बुद्धिष्टहरु छन् जसले दलाइ लामालाई श्रद्धा गर्छन् ।

सामान्यतः दलाइ लामाको यस्तो भ्रमणप्रति चीनले कडा विरोध गर्ने भएता पनि यसपटक भने चीनको प्रतिक्रिया अनुमान बाहिर रहेको बताइन्छ । चीनले ताइवानका वर्तमान राष्ट्रपतिलाई द्विपक्षीय वार्ताको लागि सहज मान्दै आएको छ । यदि चीनले दलाइ लामाको भ्रमणको विरोध गरिहाले पनि विपक्षीहरुसाग मिलेर राष्ट्रपतिको लोकपि्रयता थप घटाउने रणनीति हुन सक्ने अनुमान राजनीतिक वृत्तमा ब्याप्त छ ।

प्रकाशित: ११ भाद्र २०६६ ०७:१५ बिहीबार