कोलम्बो, फागुन २ (एएफपी)- माल्दिभ्सका पूर्व राष्ट्रपति मोहम्मद नशीदले राजधानी मालेमा रहेको भारतीय उच्चायोगभित्र शरण लिएका छन्। बुधबार म्याजिस्ट्रेटले गिरफ्तार गर्ने आदेश दिएपछि उनले त्यहाँ शरण लिएको पार्टी अधिकारीहरुले जनाएका छन्। मध्याह्न उनी कुटनीतिक परिसरमा पुगेका थिए। उच्च अदालतले वारेन्टबारे फैसला नगरुन्जेल उनी त्यहीँ रहने पार्टी प्रवक्ता शाउना अमिनाथले एएफपीलाई बताए।
भारतीय अधिकारीहरुले यस विषयमा केही बताएका छैनन्।
प्रकाशित: २ फाल्गुन २०६९ ०४:४९ बुधबार