काठमाडौँ, माघ १४ (एजेन्सी)- नेपालको थिमिमा मनाइने जस्तै जिब्रो छेड्ने जात्रा आज मलेसियामा मनाइँदैछ। थाइपुसमका रुपमा चिनिने यो जात्रामा हिन्दु भक्तहरुले जिब्रो मात्र हैन, गाला, पिठ्युँ आदि पनि छेड्ने गरछन्। राजधानी क्वालालम्पुरमा रहेको बाटु केभ्समा हिन्दु देउता मुरुगानको सम्मानमा यो जात्रा मनाउने गरिएको हो।
भगवान शिवका पुत्र कार्तिकेयलाई तमिल भाषामा मुरुगान भन्ने गरिन्छ। मलेसियामा १९ औँ शताब्दीमा दक्षिणी भारतबाट त्यहाँको रबर खेती र सरकारी कार्यालयमा काम गर्न ल्याइएका आप्रवासीहरुले यो जात्रा चलाएका हुन्। हेरौँ एपीले खिचेका केही फोटोहरु-








प्रकाशित: १३ माघ २०६९ २३:२१ शनिबार