अदालतमा प्रस्तुत गरिएका कागजात अनुसार उनले यो कामका लागि अरु दुई जनालाई खटाएका थिए। गत नोभेम्बर २८ र २९ तारिखमा न्युयोर्कको म्याडिसन स्क्वायर गार्डेनमा भएको कन्सर्टका क्रममा आक्रमण गर्ने उनीहरुले योजना बनाएका थिए।
मार्टिनले जेल वार्डेनलाई यो षड्यन्त्रको बारेमा बताएपछि योजना असफल हुन पुगेको थियो।
प्रहरीले हत्याको षडयन्त्र रचेको आरोपमा ४१ वर्षीय मार्क स्टाके, उनका भतिजा टान्नेर रुआनेलाई पक्रेको छ। 
प्रकाशित: २८ मंसिर २०६९ २३:५९ बिहीबार