प्रवास

दृष्टिविहीन खेलाडीले मिनरल वाटर भन्दै फिनेल पिएपछि...

बंगलोर, मंसिर २३ (एजेन्सी) - दृष्टिविहीनहरुको क्रिकेट विश्‍वकप खेल्न भारत आएका एक पाकिस्तानी खेलाडीले झुक्किएर फिनेल पिएका छन्। होटलमा पानी खाने क्रममा फिनेल पिएपछि उनलाई अस्पताल पुर्‍याइएको छ।

२८ वर्षीय जेसन अव्बासीले टेबुलमा राखिएको फिनेल पिएका थिए। ब्रेकफास्टपछि पानी पिउँदा फिनेल परेपछि उनलाई अस्पताल लैजानुपरेको थियो। उनलाई अहिले 'अब्जरभेसन'मा राखिएको थियो। उनको थप परीक्षणपछिमात्र अस्पतालबाट निकालिने छ। उनको अवस्था चिन्ताजनक भने नरहेको बताइएको छ। उनलाई सामान्य वार्डमा नै राखेर परीक्षण गरिएको छ।

प्रकाशित: २३ मंसिर २०६९ ०६:५० शनिबार