प्रवास

जापानमा सुरुङ मार्ग भत्कँदा सात जना बेपत्ता

टोक्यो, मंसिर १७ (एजेन्सी) - जापानमा राजधानी टोक्योलाई नागोया सहरसित जोड्ने देशकै ठूलोमध्ये एक सुरुङ मार्ग आज बिहान भत्कँदा सात मानिस बेपत्ता छन् भने कयौँ गाडी त्यहाँ फँसेका छन्।  सासागो सुरुङको ठूलो भाग भत्किएको त्यहाँका सञ्चार माध्यमले बताएका छन्।  जापानी टेलिभिजन एनएचकेका अनुसार सुरुङबाट कालो धुँवा निस्किरहेको छ। 

घटना स्थानीय समय अनुसार बिहान ८ बजे भएको हो। 

प्रकाशित: १७ मंसिर २०६९ ०१:२४ आइतबार