दक्षिण पूर्वी दिल्लीको हजरत निजामुद्दिनमा रहेको उनीहरुको घरबाहिर छिमेकीले पिसाब फेरेको देखेपछि गएराति अबेर किशोरीकी आमाले देखेकी थिइन्। उनले आपत्ति जनाएपछि दुई जनाबीच विवाद भएको प्रहरी बताउँछ।
चर्काचर्की सुनेपछि ११ कक्षाकी विद्यार्थी बिन्नो घरभित्रबाट बाहिर आएकी थिइन्। क्रुद्ध छिमेकीले विवाद लगत्तै बन्दूक ल्याएर उनीहरुमाथि गोली चलाएको प्रहरी बताउँछ।
४१ वर्षकी आमा सदमनीलाई एउटा गोली लागेको थियो भने उनकी छोरीलाई पेटमा दुई गोली लागेको थियो।
दुवैलाई अस्पताल लगिए पनि बिन्नोको मृत्यु भइसकेको थियो।
जाभेद घटनापछि फरार छन्।
प्रकाशित: ८ मंसिर २०६९ ०१:०८ शुक्रबार