उनीहरुले टेलोमिरसलाई मानक मानेर मानिसको आयु पहिचान गर्न सक्ने प्रविधिको विकास गरेको दावी गरे। यसकै आधारमा मानिसले आफू कति उमेरसम्म बाच्न सक्ने हो थाहा पाउने छन्।
यो प्रविधिलाई अंगाल्दै बेलायतको एक कम्पनीले अब ४ सय पाउन्ड स्टर्लिङमा उमेर पहिचान गर्ने सुविधा दिने तयारी गरिरहेको छ।
इन्डिपेन्डेन्टले प्रकाशित गरेको समाचारअनुसार धेरै जीव र पंछीमा परीक्षण गरेपछि यसलाई मानिसको लागि प्रयोगमा ल्याइन लागिएको हो। युनिभर्सिटी अफ इस्ट एङ्लियाका डेभिड रिचार्ड्सनले भने, 'टेलोमिरसका आधारमा मानिसहरु कति बाच्छन् भन्ने पहिचान हुनसक्छ।'
प्रकाशित: ७ मंसिर २०६९ ०३:२६ बिहीबार