प्रवास

आत्मघाती वम विस्फोटमा परी मर्नेको संख्या २३ पुग्यो

इस्लामावाद, मंसिर ७ (एजेन्सी) - रावलपिन्डीमा बुधबार राति भएको आत्मघाती वम विस्फोटमा परी मर्नेहरुको संख्या २३ पुगेको छ। अझै ५३ जना घाइतेको उपचार भइरहेको छ।स्थानीय समयअनुसार बुधबार राति ११:३३ मा विस्फोट भएको थियो।
अस्पताल स्रोतलाई उदृत गर्दै स्थानीय उर्दु टेलिभिजन दुनियाँले जनाएअनुसार अस्पतालमा मर्नेको संख्या बढेपछि २३ जना पुगेको हो।

२० देखि २५ वर्ष उमेर रहेका बम हान्ने व्यक्तिको डिएनए परीक्षणका लागि जिल्ला अस्पताल पठाइएको छ। विस्फोटपछि परिचालन भएका प्रहरीको संख्या कम भएकाले उद्दारमा कठिनाई भएको र मर्नेको संख्या बढेको प्रत्यक्षदर्शीहरुले जनाएका छन्।

घटनास्थलबाट प्रहरीले एउटा हाते ग्रिनेट पनि फेला पारेको थियो। बम डिस्पोज गर्ने सुरक्षा स्रोतका अनुसार आत्मघाती बाम बोक्नेले आफ्नो शरीरमा पाँच देखि ६ किलोसम्म विस्फोटक आफ्नो ज्याकेटमा राखेका थिए। घटनाको पाकिस्तानी तालिवानीले जिम्मेवारी लिइसकेको छ।

प्रकाशित: ७ मंसिर २०६९ ०३:०९ बिहीबार