प्रवास

बिहे भोज खान जाँदा वम विस्फोट

काबुल, मंसिर २ (एजेन्सी) - बिहेको भोज खान गएका मानिसहरु चढेको बसमा बम प्रहार भएको छ। अफगानिस्तानको फराह प्रान्तमा भएको यस्तो आक्रमणमा परी ७ महिला र ४ बालबालिकाको निधन भएको छ।
उनीहरु बिहे भोजका लागि गइरहेको र सडकको किनारामा रहेको एक अर्को गाडीमा राखिएको बम विष्फोट भएको थियो।

प्रकाशित: १ मंसिर २०६९ २३:०९ शुक्रबार