प्रवास

डेनमार्कमा राजदूतले टीका लगाइदिए

डेनमार्कमा करिब एक हजार हाराहारीको संख्यामा रहेका नेपालीहरूले विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि विविध कार्यक्रमका साथ महान चाड दशैं मनाएका छन्।

विगतका वर्षहरुमा कुनै न कुनै खालको संस्कृतिक कार्यक्रम गरी जमघट भएर रात्रीभोज सहितको शुभकामना आदान प्रदान गर्ने कार्यक्रमकै निरन्तरता अनुसार यो वर्ष पनि विविध सांस्कृतिक कार्यक्रमसहित दशैं कार्यक्रम र नेपाली दुतावासले आयोजना गरेको टीका जमरा सहितको गरी दुई भिन्दाभिन्दै कार्यक्रम सम्पन्न भएको कोपनहेगनबाट प्रकाश ढकालले जनाए।

दुतावासले विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि आफ्नो परम्परा अनुसार नेपालीहरुलाई निम्ता गरी टीका जमरा सहित दिवाभोजको आयोजना गरी दशैं मनाएको छ। दुतावासको उक्त दशैं कार्यक्रममा डेनमार्कका लागी राजदुत मुक्ति नाथ भट्टले आगन्तुक नेपालीहरुलाई शुभकामना व्यक्त गर्दै टीका र जमरा लगाई दिएका थिए ! दुतावासको उक्त कार्यक्रममा स्थानीय डेनिश नागरीकहरुले समेत टीका जमरा ग्रहण गरेका थिए।

यसै गरी यसपालीको अर्को दशैं कार्यक्रम डेनमार्कमा रहेका सम्पूर्ण नेपाली संघ संस्थाहरुले संयुक्त रुपमा आयोजना गरे। त्यसमा एन आर एन, जनसम्पर्क समिति, जनप्रगतिशील मंच, नेपाल लोकतांत्रिक मंच , प्रवासी एकता समाज र विधार्थीहरुको संस्था नेपलीज़ स्टुडेंट नेटवर्किंग फोरम लगायत सहभागी थिए।

प्रकाशित: ८ कार्तिक २०६९ २१:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App