प्रवास

भारतीय लेखक गङ्गोपाध्याय रहेनन्

नयाँ दिल्ली, कात्तिक ७ (एएफपी) - भारतका सुप्रसिद्ध लेखक सुनिल गङ्गोपाध्यायको ७८ वर्षको उमेरमा आज निधन भएको छ। उनी भारतका एकजना वरिष्ठ लेखक एवम् विख्यात बुद्धिजिवी थिए। हृदयघातका कारण आज भारतको कोलकातामा उनको निधन भएको हो।

उनले भारतमा निकै लोकप्रिय रहेका बालकथा, उपन्यास, कविता एवम् बालकथा समेतगरी कम्तिमा पनि २०० वटा पुस्तक लेखेका छन्।

उनले सन् १९८५ मा भारतको सबैभन्दा प्रसिद्ध पुरस्कार साहित्य एकेडेमी अवार्डसहित कयौं पुरस्कार र सम्मान प्राप्त गरेका छन्।

भारतका राष्ट्रपति प्रणव मुखर्जीले गङ्गोपाध्यायले मैथिली भाषा र साहित्यमा निकै ठूलो योगदान पुर्‍याउनुभएको बताएका छन्। उनले गङ्गोपाध्यायको निधनले भारतको साहित्यक क्षेत्रले एक मुर्धन्य व्यक्तित्व गुमाएको बताएका छन्।

प्रकाशित: ७ कार्तिक २०६९ ०७:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App