
स्कर्ट र हिल जुत्ता लगाएर भिजेको घाँसमा हिँडिरहेकी जुलिया चिप्लिएर अकस्मात् लडेपछि पुरुषहरुले उठाउनु परेको थियो। उनी हातले टेक्ने गरी भूँइमा लड्न पुगेकी थिइन्।
सहयोगीहरुले उठाएपछि उनी पूर्ववत् हिँडेकी थिइन्। यो घटनाका कारण उनले आफ्नो व्यस्त कार्यक्रम तालिका कुनै पनि परिवर्तन गरिनन्। तीन दिने राजकीय भ्रमणको अन्तिम दिन यो घटना भएको थियो।
उनलाई राजघाट जाँदा बुट लगाउन सुझाव दिइएको थियो। तर स्कर्टमा बुट लगाउँदा आफ्नो देश अस्ट्रेलियामा फेसन पण्डितहरुले आलोचना गर्लान् भन्ने डरले उनले हाइ हिल जुत्ता लगाएको बताएकी छिन्।
भिडियो हेर्नुस्-
प्रकाशित: १ कार्तिक २०६९ ०७:१८ बुधबार



