प्रवास

कसले पाउला साहित्यको नोबेल पुरस्कार आज?

काठमाडौँ, असोज २५ (एजेन्सी) - साहित्यका लागि नोबेल पुरस्कारको घोषणा स्विडिश एकेडेमीले आज नेपाली समय अनुसार अपराह्न पौने पाँच बजे स्टकहोममा हुने समारोहमा गर्दैछ।  
परम्परा अनुसार स्विडिस एकेडेमीले नोबेल पुरस्कारका लागि मनोनयनमा परेका कसैको पनि सूचि सार्वजनिक गरेको छैन। उसले यसको संकेतसम्म पनि मिडियामा दिँदैन। त्यसैले कसले नोबेल पाउला भन्नु अनुमानको खेतिमात्रै हुन आउँछ। तर स्टकहोमका साहित्यिक सर्कलमा यस पटक कुनै महिला वा उत्तर अमेरिकीले नोबेल पाउने चर्चा छ। साहित्यका लागि अहिलेसम्म १०८ नोबेल पाउने मध्ये १२ मात्रै महिला छन्।

बेलायती सट्टेबाज ल्याडब्रोकर्समा भने जापानी लेखक हारुकी मुराकामीले नोबेल पाउने भन्दै बाजी ठोक्नेहरु धेरै छन्। त्यसैगरी हङ्गेरीका निबन्धकार पिटर नादास, आइरिस उपन्यासकार विलियम ट्रेभरको पक्षमा बाजी ठोक्नेहरुको संख्या राम्रै छ। यद्यपि त्यस्ता अनुमानहरु सही नभएका उदाहरण विगतमा प्रशस्त छन्।

स्विडिश एकेडेमीले चिकित्साशास्त्र, भौतिकशास्त्र र रसायनशास्त्रमो नोबेल घोषणा गरिसकेको छ। शान्तिका लागि नोबेल पुरस्कार शुक्रबार घोषणा हुँदैछ।
अर्थशास्त्रतर्फको नोबेल भने असोज २९ गते घोषणा हुनेछ। सबै पुरस्कार डिसेम्बर १० मा हस्तान्तरण गरिनेछ।

नोबेल पुरस्कार घोषणाको लाइभ वेबकास्ट हेर्नुस् (नेपाली समय अनुसार अपराह्न ४:४५ देखि सुरु हुनेछ)

प्रकाशित: २४ आश्विन २०६९ २३:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App