प्रवास

रसायनशास्त्रको नोबेल दुई अमेरिकीलाई

स्टकहोम, असोज २४ (एजेन्सी) - रसायनशास्त्रका लागि यो वर्षको नोबेल पुरस्कार दुई अमेरिकीले पाएका छन्। रबर्ट जे लेफ्कोविज र ब्रायन के. कोबिल्कालाई जि-प्रोटिन-कपल्ड रिसेप्टर्ससम्बन्धी अध्ययन गरेवापत् नोबेल पुरस्कार दिने घोषणा आज गरिएको हो।  पुरस्कार वापत ८० लाख स्वीडिश क्रोनर ६९ वर्षीय लेफ्कोविज र ५७ वर्षीय कोबिल्का वैज्ञानिकलाई बराबरी बाँडिने रोयल स्वीडिस एकेडेमी अफ साइन्सेजले जनाएको छ।

यो वर्ष अहिलेसम्म भौतिक शास्त्र, चिकित्सा शास्त्रतर्फको नोबेल घोषणा भएको छ। यो वर्ष घोषणा गरिएका तीनै विधातर्फ दुई जनालाई पुरस्कृत गरिएको छ। दुई मध्ये एक अमेरिकी नागरिक रहेका छन्। 

भोलि बिहीबार साहित्य तर्फको नोबेल पुरस्कार घोषणा हुँदैछ। त्यसैगरी शान्तिको शुक्रबार घोषणा हुँदैछ भने अर्थशास्त्रतर्फको नोबेल असोज २९ गते घोषणा हुनेछ।

सबै पुरस्कार डिसेम्बर १० मा हस्तान्तरण गरिँदैछ।

प्रकाशित: २४ आश्विन २०६९ ०५:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App