राष्ट्रपति चुनावको दौडबाट परै रहेको बताउँदै उनले भने, 'विषयवस्तुको विश्लेषण तथा अहिलेको राजनीतिक अवस्थालाई हेरी मैले २०१२ को राष्ट्रपतीय चुनावमा सहभागी नहुने निर्णय गरेको हुँ।'
उनले तृणमुल कङ्ग्रेसकी अध्यक्ष ममता वेनर्जीलगायत अन्य नेताहरुले अफूलाई राष्ट्रपतिको उमेदवारका रुपमा चाहेको बताउँदै उनले उक्त पदका लागि अरु कार्यकालमा रहन आफूले नरुचाएको बताएका छन्।
'धेरै जनताले उहाँहरुले जस्तै चाहना राख्नु भएको छ। यो उहाँहरुको मप्रतिको माया रसद्भाव हो। मप्रति गरिएको समर्थनले मलाई हर्षित बनाएको छ,' उनले भने, 'उहाँहरुको चाहनको कदर गर्दै मलाई विश्वास गर्नु भएकोमा धन्यवाद दिन चाहन्छु।'
यसअघि भारतीय जनता पार्टीका नेता लालकृष्ण आड्वानीले कालमलाई राष्ट्रपति पदमा उमेद्वार रहन आग्रह गरेका थिए। संवैधनिक आधारमा सर्वोच्च पदको निर्वाचनमा उनले आफू सहभागी नहुने जवाफ दिए।
कलाम सन् २००२ देखि २००७ सम्म गणतान्त्रिक भारतको राष्ट्रपति रहेका थिए। अटलविहारी बाजपेयी प्रधान मन्त्री रहँदा भारतीय जनता पार्टीसहितको गठवन्धन एनडीएले उनलाई राष्ट्रपति बनाएको थियो।
प्रकाशित: ४ असार २०६९ ०६:१२ सोमबार