हत्फ ७ त्रु्कज मिसाइलको मारक क्षमता ७ सय किलो मिटर छ। यसले सामान्य हतियार पनि लैजान सक्ने सेनाले बताएको छ।
यसअघि अप्रेल २०मा भारतले अग्नि ५ मिसाइलको सफलता पूर्वक परिक्षण गरेको थियो। १ टन मिसाइल चीनको जुनसुकै स्थानमा खसाल्न सक्ने यस मिसाइलबाट भारतको सैन्य क्षमतामा ठूलो वृद्धि भएको बताइएको थियो।
भारत र पाकिस्तानले सन् १९४७मा वेलायतबाट स्वतन्त्र भएपछि तीन वटा युद्ध लडिसकेका छन्। दुबैले सन् १९९८मा परमाणु क्षमता हासिल गरेपछि एकपटि अर्को नियमित मिसाइल परिक्षण गर्दै आएका छन्।
रक्षा विश्लेषकहरूले भारतको रणनीतिक प्राथमीकता चीनमा बढी केन्द्रित भएको र पाकिस्तानको चिन्ता अझ पनि आफ्नो पूर्वी छिमेकीलाई लिएर भएको बताएका छन्।
प्रकाशित: २३ जेष्ठ २०६९ ०३:५२ मंगलबार