प्रवास

इन्डोनेसियामा ६.१ म्याग्निच्युडको भूकम्प

जकार्ता, जेठ २२ (रोयटर्स)- इन्डोनेसियाको पश्चिमी जाभास्थित सुकाबुमी जिल्लामा ६.१ म्याग्निच्युडको भूइँचालो गएको त्यहाँको सरकारी एजेन्सीले जनाएको छ।  
भूकम्पको धक्का राजधानी जकार्तामा समेत महसूस गरिएको र त्यहाँका भवनहरु केही समय हल्लिएको प्रत्यक्षदर्शीहरुले जनाएका छन्।
समुद्रबाट २४ किलोमिटरमुनि भूकम्पको केन्द्रबिन्दू रहेको भनिए पनि सुनामीको चेतावनी जारी गरिएको छैन।

प्रकाशित: २२ जेष्ठ २०६९ ०६:३७ सोमबार