प्रवास

विकिलिक्स संस्थापकले मुद्दा हारे, स्वीडेन सुपुर्दगी गरिने

लन्डन, जेठ १७ (एजेन्सी)- लन्डनको सर्वोच्च अदालतमा सुपुर्दगीविरुद्ध गरिएको अपील खारेज भएपछि विकिलिक्स संस्थापक जुलियन असान्जलाई बेलायतबाट स्वीडेन पठाइने भएको छ।

स्वीडेनमा उनीविरुद्ध यौन दुर्व्यवहारको मुद्दा छ।

बेलायतको सर्वोच्च अदालतले आज २ काविरुद्ध पाँचको बहुमतले अपील खारेज गर्ने निर्णय गरेको हो।

पछिल्लो पटक अमेरिकी विदेश मन्त्रालय र विभिन्न देशका दूतावासको गोप्य कुटनीतिक दस्तावेजलाई सार्वजनिक गरेर विकिलिक्स चर्चित भएको थियो।

प्रकाशित: १७ जेष्ठ २०६९ ०३:५४ बुधबार