प्रवास

इन्डोनेसियामा रुसी विमान हरायो

जाकर्ता (इन्डोनेसिया), वैशाख २७ (एजेन्सी)- ४६ यात्रुसहित प्रदर्शन उडानमा रहेको एक रुसी सुखोइ सुपरजेट १०० इन्डोनेसियाको राजधानी जाकर्ताको दक्षिण भागमा बुधबार हराएको छ। विमानको खोजी कार्य जारी छ।
'विमान बोगर क्षेत्र नजिकै राडारबाट हराएको थियो। हामीहरू यसको खोजीमा छौँ र यो दुर्घटना भए/नभएबारे भन्न सक्ने स्थितिमा छैनौँ।' नेसनल सर्च एन्ड रेस्क्यु एजेन्सीका प्रवक्ता गगाह प्राकोसोले भने।

३० मिनटसम्म उडान भर्नका लागि उक्त विमान स्थानीय समयअनुसार दिनको २ बजे पूर्वी जाकर्ताको हलिम पेरडानाकुसुना विमानस्थलबाट उडेको थियो। उक्त विमानस्थल व्यावसायिक तथा सैनिक उडानका लागि प्रयोगमा ल्याइन्छ।

प्रकाशित: २७ वैशाख २०६९ ०५:५८ बुधबार