प्रवास

अमेरिका-नेपाल व्यवसायी सङ्घद्वारा संयुक्त राष्ट्र सङ्घका प्रतिनिधिसँग भेटवार्ता

न्युयोर्क (अमेरिका)- अमेरिकामा रहेका नेपाली व्यवसायीहरुको छाता सङ्गठन अमेरिका-नेपाल व्यवसायी सङ्घको एक प्रतिनिधिमण्डलले न्युयोर्कस्थित नेपाल मिसनको कार्यालयका स्थायी प्रतिनिधि मिनिस्टर काउन्सेलेर अमृतराईसँग भेटवार्ता गर्‍यो । सङ्घका अध्यक्ष मोहन ज्ञवालीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलमा सचिव प्रकाश थापा, कोषाध्यक्ष कुगा शेर्पा, व्यवसायी विराज रिजाल, व्यवसायी विमल बास्तोला, व्यवसायी देव गुरुङ र व्यवसायी प्रतिनिधि रमेश राईको उपस्थिति थियो। भेटका अवसरमा अमेरिकामा रहेका नेपाली व्यवसायीहरुको अवस्था, उनीहरुले गरेको लगानी, व्यवसायीहरुलाई आईपर्ने समस्या र व्यवसायीहरुको हकहित र फाइदाका लागि गर्नुपर्ने सहयोगसम्बन्धी विषयमा छलफल भएको थियो ।

यसै क्रममा सङ्घद्वारा तयार पारीएको विज्ञप्ति सङ्घका अध्यक्ष मोहन ज्ञवालीद्वारा स्थायी प्रतिनिधि मिनिस्टर काउन्सेलेर अमृत राईलाई हस्तान्तरण गरिएको थियो ।

प्रकाशित: २७ वैशाख २०६९ ०३:२१ बुधबार