प्रवास

पाकिस्तानी प्रम अपहेलनाको दोषी

इस्लामाबाद (पाकिस्तान), वैशाख १४ (एजेन्सी)-पाकिस्तानको सर्वोच्च अदालतले अपहेलनाको मामिलामा प्रधानमन्त्री युसुफ रजा गिलानीलाई सजाय सुनाएको छ।
न्यायाधिस नसिरुल मुल्कको अध्यक्षतामा सात सदस्यीय वेन्चले विहिबार प्रधानमन्त्री विरुद्ध अपहेलनाको मामिलामा सुनुवाइ गरेको थियो।

अदालतले संक्षिप्त निर्णय सुनाउदै जानाजान अदालतको उपेक्षा गरिएको बतायो। अदालतले त्यसका लागि गिलानीलाई अदालतको कार्यवाही समाप्त हुदासम्म सजाय सुनाएको थियो।

 

प्रकाशित: १४ वैशाख २०६९ ०४:०९ बिहीबार