नियमित रुपमा दक्षिण कोरियाको आलोचना गर्दै आएको उत्तर कोरियाले दक्षिण कोरियाका राष्ट्रपतिको पनि कडा आलोचना गर्दै आफ्नो कार्यवाही गरेपछि चार मिनट भित्र खरानी बनाउने चेतावनी दिएको छ।
दक्षिण कोरियाका राष्ट्रपति लि म्युङ्ग बाकले उत्तर कोरियाका संस्थापक नेता किम इल सङ्गको जन्मोत्सवका रुपमा मनाइने १५ अप्रेलको अपमान गरेको आरोप लगाएको छ।
प्रकाशित: ११ वैशाख २०६९ ०३:३२ सोमबार