भारतको डिफेन्स रिसर्च एन्ड डेभलपमेन्ट अर्गनाइजेसनका प्रमुख विजय सरस्वतले भारतको पूर्वीय तटीय क्षेत्रबाट बिहान ८ बजेर ७ मिनेट जाँदा क्षेप्यास्त्र प्रहार गरिएको बताए। बुधबार राति नै प्रहारको तयारी गरिएको भए पनि मौसमका कारण स्थगित गर्नुपरेको थियो। २५ अर्ब रुपियाँको लागतमा यो क्षेप्यास्त्र बनाइएको थियो। यसलाई पूर्ण रुपमा तयार राखिनुअघि अझै चार पाँच पटक परीक्षण जरुरी रहेको भारतीय अधिकारीहरुले जनाएका छन्।
क्षेप्यास्त्रको होडमा चीन भारतभन्दा धेरै अगाडि छ। चीनसित भारतको कुनै पनि ठाउँमा प्रहार गर्न सक्ने अन्तरदेशीय ब्यालिस्टिक क्षेप्यास्त्रहरु छ। तर भारतको पछिल्लो लामो दूरीको क्षेप्यास्त्र अग्नि ३ को क्षमता ३५ सय किलोमिटर मात्रै थियो, जसले कुनै पनि मुख्य चिनियाँ सहर भेट्टाउन सक्दैन थियो।
प्रकाशित: ६ वैशाख २०६९ २२:३४ बुधबार