युएइ- लामो समयदेखि मृत्युसँग लड्दै आएका प्रवासका सहयात्री प्रकाश बस्नेतलाई युएइमा आरटिएको पब्लिक बसमा कार्यरत् नेपालीले ४० हजार नेपाली रुपियाँ सहयोग गरेका छन्।
उनी दुवै किड्नी फेल भई लामो समय युएइको हस्पिटलमा रही हाल काठमाडौँको हस्पिटलमा उपचार गराइरहेका छन्। रमेश श्रेष्ठको संयोजकत्वमा उनीहरुले यसरी रकम सङ्कलन गरी सहयोग गरेका हुन। युएइमा रहेका समाजसेवी व्यक्तित्व तथा विभिन्न सङ्घ-संस्थाका प्रतिनिधिहरुबाट सङ्कलन गरिएको अरु १ लाख ६० हजार रुपियाँका साथ उनलाई एकमुष्ठ २ लाख रुपियाँ उनको किड्नी ट्रान्सफर गर्नको निम्ति नेपाल पठाइएको छ ।
यस राहत कोष सङ्कलन कार्यमा संलग्न सम्पूर्ण सहयोगीलाई एनआरएन युएइले हार्दिक धन्यवाद प्रकट गरेको छ ।
- भूपराज बस्याल
प्रकाशित: ६ वैशाख २०६९ ००:४० बुधबार