प्रवास

मुसर्रफलाई भारतले भिसा दिएन

काठमाडौँ, मंसिर १६ (एजेन्सी)- भारतले पाकिस्तानका पूर्व राष्ट्रपति परवेज मुसर्रफलाई भिसा दिन अस्वीकार गरेको छ। उनी नयाँ दिल्लीमा एउटा गोष्ठीमा सहभागी हुन आउन लागेका थिए।   भारतीय गृह मन्त्रालयले भारतविरोधी वक्तव्य दिएका कारण उनलाई भारत आउन अनुमति दिन नसक्ने बताएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्।

पाकिस्तानी सेनाका पूर्व प्रमुख समेत रहेर कयौँ वर्ष सत्ता चलाएका मुसर्रफ हाल बेलायतमा स्वनिर्वासित जीवन बिताइरहेका ५छन्। उनले लन्डन र इस्लामावाद दुवै ठाउँमा रहेको भारतीय हाइ कमिसन्समा भिसा आवेदन दिएका थिए।

प्रकाशित: १६ मंसिर २०६७ ००:२८ बिहीबार