प्रवास

ओबामाको ओठमा १२ टाँका

वासिंगटन डिसी, मंसिर ११ (बिबिसी)- बास्केटबल खेल्दा चोट लागेर घाइते भएका अमेरिकी राष्ट्रपति बराक ओबामाको ओठमा १२ टाँका लगाइएको छ। शुक्रबार बिहान खेल खैल्दा दुर्घटनावस कसैको कुहिनोले लागेर चोट लागेको ह्वाइट हाउसले जनाएको छ। वासिंगटन डिसीस्थिट फोर्ट म्याननाइरको कोर्टमा भएको खेलमा चोट लागेपछि ह्वाइट हाउसका चिकित्सकले उनको उपचार गरेका छन्।

पछि ह्वाइट हाउसमा बफरको प्याकेजले सेक्दै गरेको ओबामा ओबामा देखिएका थिए।

'दुर्घटनाबस विपक्षी खेलाडीले कुहिनोले ओठमा लाग्दा राष्ट्रपतिलाई १२ टाँका लगाइएको छ। उनलाई ह्वाइट हाउस चिकित्सकहरुको टोलीले उपचार गरेका थिए,' ह्वाइट हाउसका प्रवक्ता रोबर्ट गिब्सले भने। रिब्सले टाँकाका सानो दग मात्रै रहने बताएका छन्।

चाडको छुट्टीको बेला ओबामा व्यक्तिगत सहयोगी रोगी लभ तथा परिवारका अन्य सदस्यहरुसँग बास्केटबल खेलिरहेका थिए। ओबामाका तल्लो ओठ समातेर खैरो टिसर्टमा बाहिरिदै बास्केटबल कोर्टबाट बाहिरिदै गरेको फोटो सार्वजनिक भएको छ।

त्यसको केही घण्टा पछि क्रिस्मस टि्र ह्वाइट हाउसमा पुर्‍याइने कार्यक्रम हेर्न ह्वाइट हासउ पुगेका पत्रकारहरुले चिसो बस्तुले सेक्दै गरेको देखेका थिए।

प्रकाशित: ११ मंसिर २०६७ ०६:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App