प्रवास

कास्की पोखरा समाज जापानमा नयाँ नेतृत्व

जापान-  कास्की पोखरा समाज जापानको तेस्रो अधिवेशन टोक्योमा सम्पन्न भएको छ। आइतबार शिनओकुबो स्थित सोल्मारी मुरामा सम्पन्न अधिवेशनले बिकास श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिती चयन गरेको छ।

समाजको अध्यक्षमा बिकास श्रेष्ठ, वरिष्ठ उपाध्यक्षमा विश्व सुबेदी, उपाध्यक्षमा सन्देश अधिकारी, प्रकाश लाल श्रेष्ठ र उमनाथ कोइराला रहेका छन् भने महिला उपाध्यक्षमा अन्जु भण्डारी, महासचिवमा कमल वास्तोला, सचिवमा हरि पहारी, कोषाध्यक्षमा खड्क सिंह गुरुङ, सहकोषाध्यक्षमा सरू वास्तोला चयन भएको कास्की पोखरा समाजले जनाएको छ।

त्यसै गरी प्रवक्तामा बिष्णु भण्डारी (बिसु), युवा संयोजकमा श्रीकृष्ण तिमिल्सिना, कार्यक्रम संयोजकमा अमृत आचार्य, खेलकुद संयोजकमा राम बहादुर लामिछाने र सदस्यहरुमा रत्न शाक्य, तिर्थ सुबेदी, मनोज तिवारी, रमेश श्रेष्ठ, राजु तिवारी, भुपेन्द्र पराजुली, अंचल भारी, नवराज गिरी, दिलीप राज, अनिला गुरुङ चयन भएकी छन्।

सर्बसम्मत अध्यक्षमा चुनिएपछि नवनिर्वाचित अध्यक्ष विकास श्रेष्ठले जापानस्थित सबै संघसंस्था र जापानबासी नेपालीहरू संग सहकार्य गर्दै सामाजिक कार्यलाई अगी बढाउने नागरिकन्युजलाई बताए।सरल,सहयोगी र निष्पक्ष व्यक्तिको  रुपमा चिनिने श्रेष्ठ जापानबासी पुराना नेपाली हुन्।

 

प्रकाशित: २२ श्रावण २०७५ ०९:०१ मंगलबार