प्रवास

जापनामा साकुरा नाईट

जापान- जापानको विशेष चाड मानिने गोल्डेन विकको अवसरमा जापानमा “साकुरा नाईट ३” को आयोजना हुने भएको छ। सूर्य कर्पोरेसनले आयोजना गर्न लागेको ''साकुरा नाईट ३'' नामक  बृहत् सांस्कृतिक कार्यक्रम यो वर्ष पनि जापानका बिभिन्न शहरहरूमा आयोजना हुने भएको हो। मे महिनाको पहिलो हप्तामा पर्ने गोल्डेन विकको अवसर पारि कर्पोरेसनले हरेक बर्ष जापानको मुख्य शहरहरुमा सांस्कृतिक कार्यक्रम गर्दै आईरहेको छ। 

कार्यक्रममा चर्चित आधुनिक गायक हेमन्त शर्मा, पप गाएक कमल खत्रि, लोक गाएक मिलन लामा, आधुनिक गायिका मिलन अमात्य र कमेडियन सन्दिप क्षेत्रिको प्रस्तुति रहने छ।

हरेक बर्ष झैं आधुनिक, लोक, पप गीत र  कमेडि, डान्स सबैको मिश्रित प्याकेज बन्ने कार्यक्रमको मुनाफाबाट गरिव, दिनदु:खि र असाहायहरूको साहारा बन्दै आईरहेको नेपालको मानब सेवा आश्रमलाई सहयोग गरिने सुर्य कर्पोरेसनका डाईरेक्टर बाशुदेव लामिछानेले नागरिकन्युजलाई जानकारी दिए।

अघिल्लो वर्षको साकुरा नाइट २ मा सुर्य कर्पोरेसनले मानवसेवा आश्रमलाई १ लाख ११ हजार १११ सहयोग गरेको थियो। टेक्निकल सपोर्टका लागि डिजे जोन छन्त्यालको सहयोग रहने कार्यक्रममा बाल कलाकार दिव्या नेपाल, स्थानीय कलाकार राजेस केसि र लक्ष्मी केसि को पनि प्रस्तुति रहनेछ।

कार्यक्रम गोल्डेन विकको पहिलो दिन २०१७ मे ३ तारिक बिहिवार टोक्यो बाट सुरु हुनेछ। टोकियोमा नाकानो जेरो हलमा आयोजना हुने कार्यक्रमको नागोयामा नागोया कोकुसाई सेण्टर र ओसाकामा मिनातो कुमिन सेण्टरमा आयोजना हुनेछ। कार्यक्रम मे ४ तारिक शुक्रवार नागोया र मे ५ तारिक शनिवार ओशाकामा आयोजना हुने छ।

 

प्रकाशित: ९ वैशाख २०७५ ०७:०९ आइतबार

जापनामा साकुरा नाईट