प्रवास

दक्षिण कोरीयामा नेपाली कामदारको दुर्घटनामा बृद्धि

दक्षिणकोरीया सोल, जेठ १६ - बैदेशीक रोजगारको लागी आर्कषक मानिएको दक्षिणकोरीयामा दुर्घटनामा परी अपाङ्ग हुने नेपालीको संख्यामा बृद्धि भएको छ। कंम्पनीमा काम गर्दा मेशीनमा च्यापीएर , धारीला हतियार ले काटेर र केमीकलको कारणले गर्दा यस्ता घटना हुनेगरेका हुन।

ईम्पलाइमेन्ट परमीट स्टम र टेनिङ्ग भिषा बाट रोजगारको लागी दक्षिणकोरीया आएका नेपालीहरु अन्यदेशको तुलनामा बडी दुर्घटनामा परी अङ्गभङ्ग हुने गरेका छन। यसरी दुर्घटना पर्नेहरु अघीकांशले आफु दुर्घटनामा परी अङ्गभङ्ग भएको कुरा सार्बजनिकगर्न नचाहेका कारण अपाङ्गहुनेको संख्या यकिन नभए पनी कोरीयामा सेल्टर दिदै आएका चर्च तथा संघ संस्थाले साना ठुला गरी करीब चार सयको संख्यामा नेपाली कामदारहरु दुर्घटनामा परेको जानकारी गराएका छन।

रामेछाप घर भएका धन कुमार मगरले कोरीया आएको दुई मैनामा आफ्नो दाईने हातको तिनवटा औला गुमाउन बाध्य भएका छन। उनिले कोरीया स्थित नाम्गु इन्जिनियरीङ्ग कम्पनी खवाङ्गजुशहरमा काम गर्ने क्रममा प्रेशमा च्यापीएर हातका औला गुमाएका हुन। मेशीनको ज्ञान नभएका कारण आएको केही समय बित्तन नपाउदै अपाङ्ग भईयो भन्दै नेपालमा ओरेन्टेसनतालीम गराउने निकाय श्रमबिभागले जुनकाम को लागी कामदार बिदेश जान लागेको हो।

त्यस संमन्धी राम्रो तालीम र जानकारी नदीएका कारण नेपाली कामदारले यस्ता घटना बाट पिडीत हुनु परेको बताए। यसैगरी झपा पृथिबीनगरका सचीन्द्र कार्कीले कोरीया प्रवेश गरेको तीन महीना बित्तन नपाउदै एउटा खुट्टा गुमाएका छन। कोरीयाको सुजीङ्ग कम्पनी थेगुमा काम गर्दा गर्दै कार्कीको रोलरले च्यापीएर देब्रे खुट्टा अपाङ्ग भएको हो। मलाई म जस्तै अन्य नेपाली हरुले यसरी अपाङ्गहुनु नपरोस भन्ने लागेको हुदा सबैले थाहा पाउन भन्ने चाहान्छु।उनले नेपालमा श्रमबिभागले गराउने तालीम झडाटार्न मात्र गराएको र त्यसबाट नेपाली कामदारले कुनै ज्ञान लिन नसक्ने हुदा उक्त निकायलाई अब आउने कामदारहरु लाई समंधीत काम सम्वन्धी राम्रो तालीम र जानकारी गराउन अनुरोध गरेका छन।

कोरीयामा रहेका दुताबास र नेपाली संघसस्थाहरुले दुर्घटना समन्धी कुनैचासो नदिएको भन्दै कार्कीले आक्रोश व्यक्त गरे। भाषाको समश्या परेको हुन्छ दुताबासलाई सम्पर्गगर्दा कुनै सुनवाईनै हुदैन उनले अगाडी भने। हाल उनी थेगुशहरको स्टन चर्चमा सेल्टर लीएर बस्दै बिमाको प्रतीक्षामा रहेका छन।

दक्षीण कोरीया स्थीत नेपाली दुताबासले कोरीयामा कामगर्न आउने नेपाली कामदार हरुलाई तालीम र ज्ञानको कमी रहेको बताउदै दुताबास बाट श्रमंमन्त्रालयलाई यस समनन्धी जानकारी गराई सकेको जनाएको छ। हाल श्रम बीभागले गराउदै आएको तालीम अपुग रहेको हुदा त्तकाल सुधार गरी अब कोरीया आउने नेपालीहरुलाई दुर्घटना बाट जोगाउन कामदार आउने बिषयमा पुर्ण जानकारी गराउनु पर्ने नेपाली दुताबासका उपनीयोग प्रमुख यादब खनालले बताएका छन। नेपालमा गराईने तालीममा निजी सूरक्षा समन्धी कुनै जानकारी नभएको हाम्रो अध्यानले देखाएको हुदा तालीममा सूधार गर्नू पर्ने कुरा अगाडी सार्दैदक्षीणकोरीयाको भौगोलीक ,समाजीक र सांस्कृतीक तथा शिपमुलक तालीम गराउनु पर्ने कुरामा खनालले जोड दिएका छन। अब दक्षिणकोरीया आउनलागेका करिब चारहजार नेपाली कामदारको अवस्था यस्तो नहोस भन्नकालागी श्रमबिभाग संबेदनशिल हुने बिश्वस व्यक्तगर्दै कामदार समेतलाई निजी सुरक्षाप्रती सचेत भएर कामको लागी कोरीया आउन अनुरोध गरेका छन। उता एक बर्ष अघी कोरीयामा कामगर्दै आएका ईलाम बरबोटेका सन्तोश गौतमले नेपालको तालीम बस्तवमानै अपुग र अधुरो रहेको दुखेसो पोख्दै त्यस किसीमको तालीमले कामदार लाई खासै शिक्षा नभएको हुदा तालीमको समय बडाई कामदारले काम गर्ने बिषयमा पुर्ण जानकारी गराउनु पर्ने बताएकाछन।कोरीयामा गर्ने काम ग्रेन्डीङ्ग र ओल्डीङ्ग हुन्छ नेपालमा केमीकल समन्धी सामान्य जानकारी गराईन्छ ,बिषयनै फरक परेपछी कसरी सुरक्षीतहुने उनले प्रश्नगरे।


फिसीङ्ग र एग्गरीकल्चरको अवस्था नाजुक
द.कोरीयामा फिसीङ्ग र एग्गरीकल्चरमा काम गर्न आएका नेपाली कामदारको अवस्था दयानिय रहेको कोरीया स्थित नेपाली दुताबतसले जनाएको छ। जसोगरी भएपनी कोरीया प्रवेश गर्ने पाए पैसा कमाउन सकिन्छ भन्ने उदेश्यले फिसीङ्ग र एग्गरीकलचरमा कोरीयामा काम गर्नेआएकाका नेपालीकामदार उत्त क्षेत्रमा काम गर्न नसकी अधीकांश अबैधानिक हुन पुगेका छन भने केही कोरीया सरकार द्धारा अबैधानीक रुपमा पक्राउपरी नेपाल फर्की सकेका छन।

आफूहरुलाई समुन्द्र समन्धी कुनै ज्ञान नभएको हुदा त्यसठाउमा गई काम गर्न अतीनै कठीन भएको पीडीतहरुले बताएका छन। फिसीङ्गमा काम गर्दै आएका काभ्रेजिल्लाका महेश उप्रेतीले आफु आएको चार महीना भईसके पनी हाल सम्म समुन्द्रबाहेक जमिन देख्न नपाएको बताउदै कोरीयन मालीकको अमानबिय व्यबहारको शिकारभएको जनाएका छन।कोरीया सरकारको मेनिफेक्चर समन्धी मजदुर कानुन फिसीङ्ग र एग्गरीकल्चर संग मेल नखाने हुदा कंपनी सर्नपाउने नियम रहेपनी फिसीङ्गर र एग्गरीकल्चर बाट अन्य क्षेत्रमा बैधानिक रुपमा सर्न नपाईने हुदा अबैधानिक हुने नेपालीको संख्यामा बृद्धि भएको हो कोरीया स्थित नेपाली दुताबासका उप नियोग प्रमुख यादब खनालले भने, फिसीङ्ग र एग्गरीकल्चरका मालिकको समेत अमानबीय ब्यवहार हामीले पाएको हुदा कोरीयन श्रममंत्रालय संगको बैठकमा सुधारका लागी अनुरोध गरेकाछौ। - मीन प्रकाश उप्रेती

प्रकाशित: १६ जेष्ठ २०६७ ०४:३२ आइतबार