प्रवास

एनआरएनए कोषाध्यक्षमा निरन्तरता दिने हिक्मत थापाको घोषणा

लण्डन- गैरआवासीय नेपाली संघ (एनआरएनए) का कोषाध्यक्ष हिक्मत थापाले आगामी अक्टोवरको दोस्रो साता हुने विश्वसम्मेलनमा पुनः उम्मेदवारी दिने घोषणा गरेका छन्।

थापाले विहीबार एक विज्ञप्ति जारी गर्दै दोस्रो कार्यकालको लागि उम्मेदवारी घोषणा गरेका हुन्। अफ्रिका महादेशमा गैरआवासीय नेपाली संघको विस्तारमा महत्वपुर्ण भुमिका निभएका थापाले नेपालमा बैदेशिक लगानी र बिपतमा आर्थिक सह्योगका लागि महत्वपूर्ण काम गरेर संघ भित्र चर्चाको शिखरमा छन्।

थापासंग एनआरएनए नाइजेरियाका संस्थापक अध्यक्ष, दुई कार्यकाल नाइजेरियाको अध्यक्ष र दुई कार्यकाल अफ्रिका क्षेत्रीय संयोजक रहेर काम गरेको अनुभव  छ । संघको ८ औं विश्व सम्मेलन १४ देखी १७ अक्टोवर सम्म काठमाडौंमा हुदैंछ।

 

प्रकाशित: १२ आश्विन २०७४ ०८:५४ बिहीबार

एनआरएनए कोषाध्यक्षमा निरन्तरता दिने हिक्मत थापाको घोषणा