प्रवास

बैंककमा प्रदर्शनकारीको शिविरमा सेनाको घेराबन्दी

बैंकक, वैशाख ३० (बीबीसी) - थाइल्याण्डका सरकार विरोधी प्रदर्शनकारीका राजधानी बैंककस्थित शिविरलाई सेनाले घेराबन्दी गरेको छ। सेनाले घेराबन्द गरेपछि सो स्थानमा बन्दुक चलेको र विष्फोटको आवाज सुनिएको र सो स्थानमा केही हताहति समेत भएको समाचार छ। तर गोली प्रहार कहाँबाट भयो भन्ने कुरा स्पष्ट भएको छैन।

घटनाको पूर्ण विवरण आउन भने बाँकी छ।

सेनाले प्रदर्शनकारीहरुको शिविरलाई स्थानीय समयअनुसार साँझ बजेदेखि घेर्न थालिएको र जनतालाई सो स्थान छाड्न सल्लाह दिइएको जनाएको छ।

यसअघि ठूलो परिणाममा हतियार लिएका सेनाका धेरै वटा ट्रकहरुले प्रदर्शनकारीहरुलाई घेरेको थियो।

सो क्षेत्रको पसल तथा व्यापारलाई सयमसीमा अघि नै बन्द गर्न आग्रह गरिएको थियो भने यातायात सेवा अवरुद्ध पारिएको थियो।

सडक बत्ति बन्द गरिएकाले शिविर रहेको स्थानमा अन्धकार बनेको छ।

सरकार विरोधी प्रदर्शनकारीलाई सहयोग गर्दै आएको विद्रोही थाइ जनरन गोली लागी घाइते भएका छन्। प्रदर्शनकारीलाई बैकक छाड्न दिएको समयसीमा समाप्त केही समय पछि शिविरलाई नाकाबन्दी गर्ने क्रममा उनीमाथि गोली प्रहार भएको हो। उनको टाउकोमा गोली लागेको र अवस्था गम्भीर भएको बताएका छन्।

सेह डाइङ (लाल कमाण्डर) नामले चिनिने खाट्टिया सावास्दिपोल गम्भीर घाइते भएको उनका एक सहयोगीलाई उद्धृत गर्दै समाचार एजेन्सी एपीले जनाएको छ।

खाट्टिया निलम्बनमा परेका सैनिक अधिकारी हुन्। कट्टरपन्थी धारको नेतृत्व गर्ने उनले लाल पोशाक लगाउने प्रदर्शनकारलाई सैनिक रणनीतिको बारेमा सल्लाह दिने गर्दथे। लाल पोशाक लगाउने प्रदर्शनकारीका नेताहरुले कडा अडान लिन नसकेको आरोप लगाउँछन्।
प्रधानमन्त्री अभिसित भेजाजिभा राजिनामा, संसद विघटन र नयाँ निर्वाचनको माग गर्दै राजधानी बैंककमा २ महिनादेखि प्रदर्शन गएको छ।

अभिसितले नोभेम्बर १४ मा निर्वाचन गर्ने प्रस्वता गरेपछि गत महिना भएको दमनको जिम्मेवारी को हुने भन्ने विषयमा रहेको विवादको कारण सम्झौता भएको छैन।

प्रकाशित: ३० वैशाख २०६७ १०:५६ बिहीबार