प्रवास

लिवियामा जहाज दुर्घटना, १०५ को मृत्यु

लन्डन, वैशाख २९ - लिवियामा भएको विमान दुर्घटनामा परी यात्रारत सबै १ सय ५ जनाको मृत्यु भएको छ। विमानस्थलले जनाए अनुसार अफ्रिकियास एयरवेजको एअरबस३२०-२०० जहाज  ट्रिपोली विमानस्थलमा अवतरणका क्रममा दुर्घटना भएको हो। दक्षिण अफ्रिकाको राजधानी जोहानसवर्गबाट उडेको विमानभित्र ९४ यात्री र ११ चालकदलका सदस्य थिए।
विमानभित्र बेलायती र दक्षिण अफ्रिका लगायत विभिन्न मुलुकका नागरिकहरु यात्रारत रहेको अनुमान छ। चालक दलका सदस्यहरु भने सबै लिवियाकै रहेको त्यहाँका एक कर्मचारीले जनाएका छन्। दुर्घटनाको कारण थाहा हुन नसकेको भएपनि मौसम सफा रहेको थियो। - एजेन्सीहरु

प्रकाशित: २९ वैशाख २०६७ ०२:०० बुधबार