लन्डन—गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको ९ सेप्टेम्वरमा हुन गइरहेकोको ७ औं महाधिवेशनमा नेतृत्वको लागि त्रिपक्षय भिड्न्त हुने भएको छ।
एनआरएन यूकेको वर्तमान कार्यसमितिका उपाध्यक्षद्वय हिराधन राई, योगकुमार फगामीले नेतृत्व दावी गरेको केहि दिनमै यहाँस्थित एकजना व्यवसायी कृष्ण तिमल्सेनाले बुधबार उम्मेदवारी दिने घोषणा गरेपछि त्रिपक्षीय भिड्न्त हुने भएको हो।
‘मेरो पहिलो प्रथामिकता सामाजिक सद्भाव बलियो बनाउने र गैरआवासीय नेपाली समुदायलाई समृद्ध नेपालको अभियानलाई मूलधारमा ल्याउने हुनेछ।'
गैरआवासीय नेपाली संघको अगामी अक्टोवर महिनाको दोस्रो साता काठमाडौंमा हुने विश्वसम्मेलन अगावै राष्ट्रिय समितिको निर्वाचन हुनु पर्ने प्रावधान अनुरुप एनआरएन यूकेको अधिवेशन हुन लागेको हो।
गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वयन परिषद (आइसीसी) को सदस्य समेत रहेका तिमल्सिनाको नेपालमा हाइड्रो, बैकिङ, रियलस्टेड क्षेत्रमा लगानी छ। बेलायतमा इण्डियन, नेपाली रेष्टुरेन्ट, क्रिस फुड लगायतको क्षेत्रमा लगानी छ। एनआरएन यूकेको उपाध्यक्ष समेतको जिम्मेवारी समालेका तिमल्सिनालाई उम्मेदवारी घोषणा गर्ने बेलायतस्थित नेपाली समुदायतको चर्को दवाब थियो।
उनले बुधवार बिभिन्न सञ्चारमाध्यममार्फत आफ्नो उम्मेदवारी घोषणा गरेका हुन्। धेरै साथीहरुको आग्रह र गैरआवासीय नेपाली संघ यूकेका पूर्वअध्यक्षहरु तथा अग्रजहरुको परामर्शमा उम्मेदवारी दिने निष्कर्षमा पुगेको तिमल्सिनाले बताए। 'देश र समाजका लागि सबैजना मिलेर काम गर्ने हो', अध्यक्षका प्रत्यासी तिमल्सेनाले नागरिकन्युजसँग भने, ‘मेरो पहिलो प्रथामिकता सामाजिक सद्भाव बलियो बनाउने र गैरआवासीय नेपाली समुदायलाई समृद्ध नेपालको अभियानलाई मूलधारमा ल्याउने हुनेछ।'
विगत १७ वर्षदेखि बेलायतमा बस्दै आएका उनी समुदायमा अति मिलनसार र सहयोगीका रुपमा चिनिन्छन्। आपतविपत परेका नेपालीलाई आर्थिक सहयोग र कयौंलाई रोजगारी दिएका तिमल्सिनाको जन्मस्थान धादिङ धुवांकोट हो। आफ्नो जन्मथलोमा उनले शिक्षाको विकासमा महत्वपूर्ण योगदान पुर्याएका छन्।
यसअघि एनआरएन यूकेका उपाध्यक्ष हिराधन राईले आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। दुई पटकसम्म एनआरएन यूकेको उपाध्यक्ष भैसकेका राईले १८ वर्ष वेलायती सेनामा सेवा गरेका थिए। अर्का प्रत्यासी योगकुमार फगामीले यही आइतबार औपचारिक घोषणा गर्ने बताइएको छ। उनी मगर संघ यूकेको बरिष्ठ उपाध्यक्ष हुन्।
प्रकाशित: ४ श्रावण २०७४ १४:२७ बुधबार