प्रवास

जापानबासी नेपालीमा ऊर्जा भर्दै सुधन

जापानमा जीवन दर्शन तथा प्रेरणादायी कथाहरुको कार्यक्रम 'कविताको लय र जीवनका रङ्गहरु' हुने भएको छ।  

जापानमा दिनानुदिन नेपालीको संख्या बढेसंगै यहाँको नेपाली समुदायमा बढ्दै गएको नैराश्यता तथा यसले निम्त्याइरहेको दूर्घटना न्यूनीकरणका लागि कविता र जीवन दर्शन तथा प्रेरणादायी कथाहरुको कार्यक्रम 'कविताको लय र जीवनका रङ्गहरु'  गर्न लागिएको हो।

प्रवासमा रहेका नेपालीमा हुने निराशा र नकारात्मक सोचाई र चिन्तनले गर्दा हुने गरेका दूर्घटनाहरूलाई कार्यक्रमको माध्यमबाट ऊर्जा प्रदान गर्न कार्यक्रम गर्न लागिएको आयोजकले बताएको छ।

कार्यक्रममा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ। कार्यक्रम टोक्योको सिन ओकुबो स्थित ग्लास इन्डष्ट्रीको सभाहलमा हुँदै छ।  

प्रकाशित: १९ असार २०८० ११:२९ मंगलबार