प्रवास

माओवादी विरुद्ध सबै दल एक भएर लड्नुपर्छ : यचुरी

कोलकाता, चैत ३० - भारतीय कम्युनिष्ट पार्टी माक्सवादीका पोलिटव्युरो सदस्य तथा प्रभावशाली नेता सीताराम यचुरीले भारतीय माओवादीबिरुद्ध सबै दल एक ठाउँमा हुनुपर्ने अभिव्यक्ति दिएका छन्। 'राजनीतिक दलहरु आफ्नो राजनीतिक स्वार्थभन्दा बाहिर बसेर माओवादी गुरिल्लाविरुद्ध एक हुनुपर्छ,' उनले भने।
एक साता अघि माओवादीको आक्रमणमा परी ७५ भन्दा बढी प्रहरीको मृत्यु भएको घटनाप्रति संकेत गर्दै उनले अहिलेको अवस्थामा कुनै व्यक्ति या नेताले राजीनामा गरेर समस्या समाधान नहुने बताए। 'हामी माओवादीविरुद्ध एक भएर लड्न आवश्यक छ,' यचुरीले पत्रकारहरुसँग भने।

प्रकाशित: २९ चैत्र २०६६ २२:२२ आइतबार