प्रवास

जनसम्पर्क समिति नर्वेको सभापतिमा शाही सर्वसम्मत

लन्डन- नेपाली जनसम्पर्क समिति नर्वेको दोश्रो अधिवेसनले जितेन्द्रबिक्रम शाहीको नेतृत्वमा नयाँ कार्यसमितिको चयन गरेको छ।

शनिवार ओस्लोमा सम्पन्न सो अधिवेसनले २५ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको हो।

कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा सुदिपराज पाण्डे,  उपाध्यक्षमा केशव पुरी, नारायणसिंह थापा र बिष्णु सापकोटा, महामन्त्रीमा कबिन्द्र ढकाल, सहमहामन्त्रीमा सुर्यप्रसाद सुबेदी, बिष्णु गौतम, नबराज अधिकारी र देबेन्द्र केसी, कोषाध्यक्षमा कोपीला गिरी र सह-कोषाध्यक्षमा राजन गौचन चयन भए।

अधिवेशनको उद्घाटन नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदिप पौडेलले गरेका थिए।

 

प्रकाशित: ११ पुस २०७३ ०९:११ सोमबार

जनसम्पर्क समिति नर्वेको सभापतिमा शाही सर्वसम्मत