प्रवास

युएईको अस्पतालद्वारा नेपालीको निःशुल्क स्वास्थ्य जाँच

युएई-रोजगारीको लागि युएईमा कार्यरत नेपालीहरुलाई लक्षित गरी अबुधावीमा निःशुल्क स्वास्थ्य शिविर संचालन गरिएको छ। युनिभर्सल हस्पिटल अबुधावीले तिजको अवसर पारेर सेप्टेम्बर १ देखि १५ सम्म नेपालीहरुको चेकजाचका   लागि निःशुल्क स्वास्थ्य शिविर संचालन गरिरहेको हो।

युएइका नेपालीमा विभिन्न रोग एवं रोगका कारण मृत्यु खबर आइरहेकाले नेपालीको स्वास्थ्यलाई ध्यानमा राखी शिविर सन्चालनमा ल्याएको युनिभर्सल हस्पिटलका प्रबन्ध निर्देशक डा.शहवीर नेल्लिक्डेले बताए।

शिविरमा मात्र नभएर आगामी दिनहरुमा पनि अस्पतालले नेपालीहरुलाई विशेष छुट दिएर उपचार गराइदिने उनले सुनाए।

शिविरमा पिशाब, आँखा लगायत समग्र चेकजाँच हुने गरिने डा. घादा अहमदले बताइन्। शिविर बिहान ७ देखि राति १० बजेसम्म खुला रहने जनाइएको छ।

संघसंस्थाहरुले नेपालीका लागि शिविर सञ्चालन गरे पनि अस्पतालले नै नेपाली लक्ष्यित गरी निःशुल्क शिविर चलाएको यो पहिलो हो।

प्रकाशित: २६ भाद्र २०७३ ०९:४९ आइतबार

युएईको अस्पतालद्वारा नेपालीको निःशुल्क स्वास्थ्य जाँच