बुबा आजभोलि चलेको एआई भनेको के हो?" स्कुलबाट गृहकार्य लिएर आएको छोरा बाबुलाई सोध्छ। यो विज्ञानले बनाएको बुद्धि हो छोरा।"
यसकाे नाम नक्कली भए पनि काम सबै सक्कली गर्छ।
मान्छेकै बुद्धिले नै यसलाई बनाएको हो। सबै यसकाे चिनारीलाई आर्टिफिसियल बुद्धि भनिन्छ। छोटोमा यस्लाई आइ ए भनिन्छ।
ए आईबारे जान्न खोज्ने छोरालाई बुबा अर्थ्याउँछन्।
"दिनैपिच्छे यसकाे विकास तीव्र गतिले हुँदै छ। यसले गर्दा बेरोजगारी बड्यो पनि भन्छन् " हो बुबा ? त्यो कसरी त?
मान्छेले धेरै समय लाएर गर्ने काम यसले तुरुन्त गर्छ। हामीले नै फेसबुकमा कमेन्ट लेख्दा यस्ले मद्दत गर्छ।
ठुला साना विकासका काम सबै यसले गर्छ जेट,प्लेन, ड्रोन आदि बनाउँदा यस्ले मद्दत गर्छ।
रोवर्ट भन्ने नक्कली मानव यस्ले चलाउँछ। कलकारखाना
घर भित्र बाहिर सबै काम रोवर्टले गर्छ। ड्राइभ नै नभएको ट्याक्सी चल्छ।"
एआई मानव होइन यस्ले अन्न खाँदैन। यसकाे खाना बिजुली त्यो नभै हुँदैन रे हो बुबा?
बिजुली नै यस्को जात हो। बिजुली नै यस्को आमाबाबु,पुस्तौं पुस्ता हो।
आजभन्दा भोलि यस्को विकास चर्को गतिले भैरहेको छ।डर लाग्छ कतै यस्ले मान्छेलाई नै जित्छ कि!
यस्का सन्तान सबै बिजुली नै बिजुली बिना बिजुली यस्को संसार अन्धो हुन्छ ।
मानवको सास जस्तो यस्को सास बिजुली हो।
यस्को भित्र बाहिर सबै सबै बुजुली ,नसा नसा बिजुली ।
आज मैले विग्यान संम्बन्धी धेरै कुरा सिकें ,बुझे। यस्बारे भोलि निबन्ध लेखेर स्कुल लानुपर्छ। आज हजुर सङ्ग धेरै जानकारी प्राप्त गरेकोले मेरो निबन्ध पुरस्कृत हुने छ ।
प्रकाशित: ८ श्रावण २०८३ ०७:१५ शुक्रबार