कला/साहित्य

मनको पीडा भुलाउन एकान्तको ठाउँ छैन

गजल

गन्तव्यमा जान खोज्ने दह्राे दुई पाउ छैन,

मनको पीडा भुलाउन एकान्तको ठाउँ छैन।

क्षितिजभन्दा पर कतै सुनौलो बस्ती होला,

वर्षातले दलान रुझ्यो आज छाना छाउ छैन।

निर्मल आकाश अनि चाँदनीको रोशनजस्तै,

विराट शहर एक्लो म आफन्तीमा जाउ छैन।

धेरै महत्त्वकांक्षा छैन मेरो मात्र शिर नझुकोस्,

बेरोजगारी म त यसै कुनै अफिस धाउ छैन।

रातको सन्नाटामा कर्कश आवाजले तर्साउँछ,

सिध्याउन आफैंलाई ... खाउ छैन।

प्रकाशित: १८ आश्विन २०८३ ०८:२९ आइतबार