कला/साहित्य

सधैंभरि उनीलाई नै हेरिरहूँ लाग्छ!

गजल

माथिमाथि हिमालचुली यति राम्राे लाग्छ,

सधैंभरि उनीलाइ नै हेरिरहूँ लाग्छ।

उनकै नजिक छङछङ गर्ने यति मीठाे पानी,

वरिपरि हरियाली बनिरहूँ लाग्छ।

पहाडकाे छातीभरि बस्ती बसाए छिन्,

बेलाबेला अमृत जल छरिरहूँ लाग्छ।

डम्म बसी पलेटीमा नदी बगाए छिन्,

चारैतिर लालीकिरण छरिरहूँ लाग्छ।

फेरि हेरूँ लालीगुराँस् रंगीचंगी शिरमा

सधैंभरि उनकै शृंगार बनिरहूँ लाग्छ।

प्रकाशित: १६ जेष्ठ २०८३ १०:४९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App