कला/साहित्य

छाया

कविता

मेरो छोरो दौडिन्छ

छायाको पछिपछि

छाया समात्न

आफ्नो मात्र नभई

मेरो समेत छाया समात्न

पछि लाग्छ

कहिले बुझ्ने होला र

भनौला

बाबू!

भ्रम हो छाया

मजाले झुक्याउँछ

छायाले

तिमी सधैं

दौडिनु यथार्थको पछि

समात्न मुस्किल भए पनि

यथार्थको वृक्ष

झुक्याउँदैन कहिले छायाले झैं

नजाने मान्छे कति

अल्मलिन्छन्

पछारिन्छन्

थाक्छन्

पाक्छन् पिलोझैं

टटयाउँदै दुःख्छन्

जिन्दगीमा

छायाको पछि लागेर।

प्रकाशित: २१ भाद्र २०८२ १३:१७ शनिबार