कला/साहित्य

अचेल भएकी छु नामुद चोर

कविता

अचेल भएकी छु

नामुद चोर

कहिले चोर्छु समय

बच्चासँग

कहिले चोर्छु

बच्चाको बावुसँग

कहिले चोर्छु आमाबुवासँग

कहिले चोर्छु नन्दआमाजूसँग

कहिले चोर्छु देवरजेठाजुसँग

कहिले चोर्छु दिदीबहिनीसँग

कहिले चोर्छु दाजुभाइसँग

कहिले चोर्छु इष्टमित्र साथीभाइसँग

चोर्दाचोर्दा चोर्न नपरे

हुन्थ्यो झैं लाग्छ

दुधेबालकसँग समय

यही चोरिएको समयले

कोरिन्छन् शब्द

तिनै

शब्दले सोध्ने गर्छन्

सायद

आमा जति ननिका चोर

अन्य कुनै होलान् संसारमा!

प्रकाशित: १५ कार्तिक २०८२ १५:४५ शनिबार