कला/साहित्य

तिमीलाई राम्रो देख्ने मेरो आँखा दोषी थियो!

गीत

मेरो जस्तो हजार मुटु तिम्रो लागि कति थियो।

तिमीलाई राम्रो देख्ने मेरो आँखा दोषी थियो।

तिमीलाई मैले राम्रो देख्दा तिमीले पनि भन्नुपर्थ्यो।

मेरो जस्तो दुनियाँको मुटु दुख्नु हुन्न थियो।

तिमीले देकाे आश्वासन नै मेरा लागि भूल थियो।

तिमीलाई राम्रो देख्ने मेरो आँखा दोषी थियो।

दुनियाँलाई रुवाउँदा मलाई पनि रुवाइदियौ।

अब आउने तिम्रा लागि फूलै फूलको छानो छाइदेऊ।

त्यतिखेरै तिम्रो संसार सुवासले छाउने थियो।

तिमीलाई राम्रो देख्ने मेरो आँखा दोषी थियो।  

प्रकाशित: १ श्रावण २०८३ ०९:२३ शुक्रबार